Connect with us
Kapilvast Forest

दरबन्दीबाहेकका स्वास्थ्यकर्मीलाई तलब दिन्नौं :स्वास्थ्य मन्त्रालय

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

 

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गरेको छ । दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा उनीहरूको तलब भत्ता नव्यहोर्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आइतबार सचिवस्तरको निर्णयमार्फत सात प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलब भत्ताको व्यवस्था नगरिएको जनाएको छ ।

 

केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखेर थप तलबभत्ता माग गरेको पाइएको भन्दै मन्त्रालयले दरबन्दीमा भएका स्वास्थ्यकर्मीलाई मात्र तलब भत्ता दिन सकिने बताएको छ ।

‘दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलब भत्ताको व्यवस्था नगरिएको हुँदा तहाँ कार्यालयले समायोजन मिलानको लागि सहमति प्रदान गर्दा दरबन्दी यकिन गरी रिक्त दरबन्दीमा मात्र सहमति दिने व्यवस्था भएकाले अन्यथा सम्बन्धित तह नै जिम्मेवार हुनुपर्ने छ,’ पत्रमा भनिएको छ ।

 

हाल सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu