Connect with us
Kapilvast Forest

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

pakrauu

 

काठमाडौं – १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।

उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेको समेत बताए।प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ।प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए। उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए।

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।सुन्दरहरैंचा–७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।

‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा शनिबार बिहान मृत्यु भयो।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu