धनकुटाका सबै वडाबाट कर संकलन सुरु
धनकुटा । स्थानीय तह गठन भएको करिब चार वर्षपछि मात्र धनकुटा जिल्लाका सबै वडाबाट कर संकलन गर्ने कार्य सुरु भएको छ ।
जिल्लाका सात स्थानीय तहका ६० वटै वडाबाट कर संकलन कार्य सुरु भएको हो ।असोज १ गतेदेखि धनकुटा नगरपालिकाअन्र्तगतका १० वटै वडा कार्यालयवाट कर संकलन कार्य सुरु भएँंगै जिल्लाका सबै वडाबाट कर संकलन कार्य सुरु भएको हो ।
धनकुटा नगरपालिकाबाहेक अन्य स्थानीय तहले यस अघिनै वडा वडावाट कर संकलन कार्य सुरु गरेका थिए ।प्रत्येक वडाका कर्मचारीलाई कर सम्बन्धी तालिम दिएर कर संकलनको व्यवस्था मिलाइएको सम्बन्धित गाउँ तथा नगरपालिकाले जनाएका छन् ।
अब सर्वसाधारणले एकीकृत सम्पत्ति कर, घरवहाल करलगायत कर सम्बन्धित वडा कार्यलयबाटै तिर्न सक्नेछन् ।कर तिर्नकै लागि गाँउ वा नगरपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।