Connect with us
Kapilvast Forest

साना दलहरूलाई मागेकै चुनाव चिन्ह दिन छलफल

२०७८, २ चैत्र बुधबारमा प्रकाशित

election

साना दलहरूलाई पनि उनीहरूले मागेकै चुनाव चिन्ह दिन निर्वाचन आयोगले छलफल अघि बढाएको छ। राष्ट्रिय मान्यताप्राप्त दलहरूले मात्रै निर्वाचनमा उनीहरूको चुनाव चिन्ह पाउँदै आएका छन्।

निर्वाचन आयोगले दल दर्ता गर्दा साना पार्टीहरूले राखेका चुनाव चिन्हलाई मान्यता दिए पनि मतपत्रमा भने ती चिन्ह समावेश गर्ने गरेको छैन। तर साना दलहरूले दल दर्ता गर्दा राखेकै चिन्ह मतपत्रमा पनि हुनुपर्ने माग गरिरहेका छन्।

आयोगले भने राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचन ऐनलाई नै संशोधन गरे चुनाव चिन्ह दिन आयोग सकारात्मक नै रहेको प्रतिक्रिया दिँदै आएको थियो।

तर आयोगमा साना दललाई पनि उनीहरूकै चिन्ह प्रयोग गर्न दिन सकिन्छ कि भन्ने कोणबाट छलफल भइरहेका छन्।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ७२ दलले सबै जिल्लामा स्थानीय चुनाव भाग लिने र उम्मेदवार उठाउने बताएकोले चुनाव चिन्हबारे आयोगले छलफल गरिरहे पनि निर्णय भने गरिसकेको छैन।

‘७२ दलले सबै जिल्लामा उम्मेदवार उठाउँछौं भन्नुभएको छ। राष्ट्रिय मान्यताप्राप्त ६ दल पनि छन्,’ उनले भने, ‘सबै दलको चिन्ह राख्दा मतपत्र ०७४ सालकोभन्दा पनि ठूलो बन्ने देखिन्छ। यसलाई कसरी मिलाउन सकिन्छ भन्नेबारे आयोग छलफलमै छ।’

३१ साना दलले दलले राखेकै चुनाव चिन्ह पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए।

तर स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यताप्राप्त दलले आफ्नै चुनाव चिन्ह पाउने र साना दलका हकमा स्वतन्त्र उम्मेदवारजस्तै चिन्ह पाउने व्यवस्था छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj