Connect with us
Kapilvast Forest

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

२०७८, ३ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौ- होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ । हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ ।

यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भन्नुभयो, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ ।

यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ ।

यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन ।

होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नु हुँदैन ।

रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उहाँको सुुझाव छ ।