Connect with us
Kapilvast Forest

न्यू बुटवल सबस्टेशन उद्घाटन,स्थानीयका लागि गुणस्तरीय विद्युत

२०७८, ४ चैत्र शुक्रबारमा प्रकाशित

बुटवल- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताउनुभएको छ।

नवलपरासी बर्दघाट सुस्तापश्चिमको सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०र१३२ केभी न्यू बुटवल सबस्टेशनको उद्घाटन कार्यक्रममा उहाँले अहिले सम्पन्न भएको २२०र१३२ केभीसम्मको संरचनाले पर्वतस्थित कुश्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने बताउनुभयो।

कालीगण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुश्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ।

आगामी दिनमा यस न्यू बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनभयो ।