Connect with us
Kapilvast Forest

विप्लवले स्थानीय तह निर्वाचन के गर्लान ? शिवगढीमा बसिरहेको छ बैठक

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

कपिलबस्तु– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा के गर्ने भन्ने बिषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ ।

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा जाने की न जाने भन्नेमा नेताहरु दुई धुब्रमा बिभाजित भएका छन ।

महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्थानीय निर्वाचनमा भाग लिने उल्लेख गर्नु भएको छ । त्यसमा अधिकांश नेताहरूले सहमति समेत जनाएको एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।

निर्वाचनमा भाग लिनुपर्छ भन्नेमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य सन्तोष बुढामगर हुनुहुन्छ भने सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निर्वाचनको विपक्षमा देखिनुभएको ती केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकमा महासचिवको प्रतिवेदनमा स्थानीय निर्वाचनलाई उपयोग गर्नु पर्नेमा जोड दिईएको छ। तर केही नेताहरु यथास्थितीमा अहिले नै निर्वाचनमा जानु हुन्न भन्ने मत समेत राखेका छन ।  बैठकपछि स्थानीय तहको निर्वाचनमा जाने वा नजाने भन्ने विषयमा पार्टी एकढिक्का हुनु पर्नेमा अधिकाश नेताहरुको धारणा राखेको छन ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने निर्णयमा पुगेपछि विप्लव माओवादी भने तालमेल गरेर भएपनि निर्वाचनमा जाने तयारी गरिरहेको छ ।