Connect with us
Kapilvast Forest

एमसीसी मुलुकको हितमा: सांसद शाह

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु- नेपाली काँग्रेसका युवा नेता तथा कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले विकास र समृद्धीको लागि काग्रेसले नेतृत्व गर्नुपर्ने बताउँदै आगामि निर्वाचनमा काग्रेसको जित निश्चित रहेको बताउनुभयो ।

सांसद शाहले एमसिसि मुलुकको हितमा रहेकोले यसको विरोध गर्न जरुरी नरहेको बताउनुभयो । मुलुककको विकासको लागि एमसिसि आवश्यक रहेको भन्दै ऋण नभएर अनुदान सम्झौता भएको बताउनुभयो ।

शिवपुरमा आम भेला सम्पन्न

नेपाली काग्रेसले शिवराज नगरपालिका १ शिवपुरमा आम भेला सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा सोमबार भएको भेला कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय जना काग्रेसमा प्रवेश गरेका छन् । शिवपुरका युवा नेता बिनोद कुवर र हर्जु थारुको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन ।

उनीहरुलाई प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,जिल्ला उपसभापति हुमाकान्त खनाल,जिल्ला सचिव प्रेम बहादुर रायमाझी लगाएतले टिका लगाएर स्वागत गरेका छन् ।

त्यस्तै जिल्ला उपसभापति हुमाकान्त खनालले काग्रेस प्रवेश गर्नेहरुको सख्या बढ्दो रहेकोले आगामि निर्वाचनमा जित्ने गरि सबै नेता कार्यक्रताहरु लाग्नुपर्ने बताउनुभयो । काग्रेसको हाल जारी रहेको घरघर जाउँ काग्रेस जिताउ अभियानले जिल्ला भर उत्साह थपिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्य हरि पोख्रेल,महाधिवेशन प्रतिनिधि विनोद नेपाल,जम्सेर अलिमिया,अजय थापा,गोमा पाण्डे लगाएतले एकता गरेर निर्वाचनमा होमिन आग्रह गरेका छन्। कार्यक्रम वडा सभापति फानेश्वर न्यौपाने सभापतित्व,पूर्व क्षेत्रीय सभापति भवनराज पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu