Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानीको निर्वाचन प्रक्रिया तिब्र, उमेद्धारी दर्ता

२०७८, ९ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु – चन्द्रौटा खानेपानी सस्थाको निर्वाचन प्रकिया तिब्र रुपमा अगाडि बढेको छ । निर्वाचन मण्डलको बैठकले हिजो मतदाता नामावलि प्रकाशन गरीसकेको छ । निर्वाचनको बहिसकार गर्दै विभिन्न व्यक्तिहरुले खानेपानिको प्रसासनिक भवनमा तालाबन्दि गरेपनि वडा प्रहरी कार्यालय चन्द्रौटाले निर्वाचन यथाशिग्र गराउन तथा खानेपनिको कार्यलयमा निर्वाचन गर्न समस्या भएको हुदा शिवराज नगरपालिका वडा नं ५ को शभाहलमा निर्वाचन प्रकियाको कार्यतालिका अनुसार निर्वाचन गराउन आदेश दिएको हुदा उमेद्धारी दर्ता गरीएको निवार्चन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जानकारी दिनुभयो ।

विभिन्न पदमा उमेद्धारी दर्ता भईसकेको छ, जस अनुसार अध्यक्षमा दमन भाट क्षेत्रि नारयण, उपाध्क्षय लक्ष्मि उपाध्य,सचिव कृष्ण प्रसाद अधिकारी, उप सचिवमा ज्ञान बहादुर बैजालि, कोषध्यक्ष सहेन शाह खाँ, सदस्यहरुमा रामकुमारी थारु, धनकुमारी सुवेदि, रुद्र कार्कि लगायतको उमेद्धारी दर्ताभएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार चैत्र ७ गते मतदाता नामावलि प्रकाशन, ८ गते विहान दावि विरोध, ८ गते दिउसो १२ बजेसम्म अन्तिम नामावलि प्रकाशन, ८ गते बेलुका ४ बजे उमेद्धारी मनोनयन फारम वितरण, ९ गते विहन उमेद्धार मनोनयन, ९ गते दिउसो दावि विरोध, ९ गते दिउसो उमेद्धारी फिर्ता, ९ गते साझँ उमेद्धारको अन्तिम नामावलि प्रकाशन तथा चुनाव चिन्ह वितरण, १० र ११ प्रचार प्रसार र १२ गते विहान ८ बजेदेखि ३ बजेसम्म मतद्दान हुने र १२ गते साझँ ५ बजेदेखि मतगणना सुरु गर्ने गरी निर्वाचन मण्डलले निर्वाचन कार्यतालिका शार्वजनिक गरेको छ ।

यस्तै बैठकले २०७८ पौष सम्मको बक्यौता रकम बुझाएकाले मात्र निर्वाचनमा भाग लिन पाउने पनि निर्णय गरेको छ । मतदानमा भाग लिन जाने उपभोक्ताले मतदाताको परीचय खुल्ने परीचय पत्र देखाएर मतदानमा भाग लिन पाउने, एउटै व्यक्तिको नाममा जतिसुकै धारा जडान भएको भएपनि एउटा मात्र मत हाल्न पाउने, चैत्र ६ भन्दा अगाडि मात्र धारा नामसारी भएकालाई मात्र मतदानमा सहभागि गराइने, खानेपानि मिटर नजोडेकालाई भोटिगं अधिकार नदिने पनि निर्वाचन मण्डलको बैठकले निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu