Connect with us
Kapilvast Forest

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ ।

भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक/एक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन।

नेपाल जितविहीन बन्दै बाहिरिएको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । बङ्ग्लादेशले ३ खेलमा ६ अङ्क जोडेको छ ।उपाधिका लागि भारत र बङ्ग्लादेश खेल्ने भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu