Connect with us
Kapilvast Forest

चिनियाँ विदेशमन्त्री वाङ यी आइपुगे काठमाडौं

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित विदेशमन्त्री वाङ त्रिवि विमानस्थलबाट द्वारिका होटेल पुगेको बताइएको छ ।

शुक्रबार दिउँसो भारतबाट नेपाल आएका वाङको भोलिमात्र नेपालका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

वाङले शनिबार बिहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् भने त्यसअघि बिहानै साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यतालिका रहेको छ ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा, आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ ।भेटवार्तापश्चात आइतबार साँझ नै मन्त्री वाङ चीन फर्किने कार्यक्रम रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu