Connect with us
Kapilvast Forest

प्रहरीमा थपिएका २० हजार पदमा बढुवा प्रक्रिया सुरु

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा अधिकारीहरुको मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया थालिएको हो ।

प्रहरी नियमावली, २०७१ को ९औं संशोधनमार्फत जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सृजना गरिएको थियो ।

यसमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलो पटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयका एक अधिकारीले बताउनु भयो । मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ ।

 

उनका अनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार चार सय १८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार सात सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार दुई सय ५३ जना बढुवा हुनेछन् ।

यी मध्य पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार सात सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

दरबन्दी सृजना भए अनुरुप क्रमशः बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

गृहमन्त्री खाणले लामो समयसम्म वृत्ति विकास हुन नसकेका तल्लो तहका प्रहरीहरूलाई काममा हौसला बढाउन यो निर्णय लिइएको बताउनु भयो ।

‘लामो समयदेखि तल्लो तहका प्रहरीहरूको बढुवा हुन सकिरहेको थिएन । उनीहरूको बढुवा गरेर वृत्ति विकास गर्न पद थप्ने निर्णय गरेका हौँ,’ गृहमन्त्री खाणले भन्नु भयो , ‘यसमा सम्माननीय प्रधानमन्त्रीको पनि ठूलो सहयोग रहेको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu