Connect with us
Kapilvast Forest

कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा श्रीमान पक्राउ

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

pakrau

 

 

काठमाडौं – काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

 

राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार महानगरीय प्रहरी पहरा गण सामाखुशीबाट मन्त्री निवास हरिहरभवनमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले घटना थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग कपनको टोलीले स्थानीयबासीको सहयोगमा ढोका फोडेर महिलाको उद्दार गरेको थियो ।

घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शरीरको विभिन्न भाग जलेको उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीको भनाई छ । घाइतेका श्रीमान प्रवीण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu