Connect with us
Kapilvast Forest

काग्रेस, कम्युनिष्टबाट देश विकास हुदैनः उपेन्द्र यादव

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्धी उपेन्द्र यादवले काग्रेस, कम्युनिष्टबाट देश विकास हुन नसक्ने बताउनु भएको छ ।

काग्रेस, कम्युनिष्टबाट देश झन समस्यामा जेलिएकोले अबको विकल्प जसपा नेपाल रहेको केन्द्रिय अध्यक्ष यादवले बताउनुभयो । काग्रेस, कम्युनिष्टले देशलाई अनिर्यणको बन्दी बनाउने काम गरेको आरोप लगाउनु भयो ।

कपिलवस्तुको कृष्णनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्रालाई पार्टी प्रवेश गराउदै अबको निर्वाचनमा कार्यकर्तालाई होमिन आग्रह समेत गर्नुभयो ।

स्थानिय तहको निर्वाचनमा होमीनका लागि कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । देश विकासका लागि आगामी स्थानिय तहको निर्वाचनमा जसपा नेपाललाई मतदान गर्न अध्यक्ष यादवले अह्वान गर्नुभयो ।

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सार्लाहीमा भएको घटनाको निन्दा समेत गर्नुभयो । सांसद प्रमोद शाह माथि संघातिक घटनाको दोषीलाई उम्कीन नदिने अधयक्ष यादवले उदघोष गर्नुभयो ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले यस क्षेत्रको विकासको लागि जसपालाई विजयी बनाउन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
नव प्रवेशी कार्यकर्तालाई स्वागत गर्दे प्रदेश अध्यक्ष यादले अबको निर्वाचनमा कपिलवस्तुको १० स्थानिय तहमा जसपाका उम्मेदवार विजयी हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनाले जसपाले गर्दा देश विकासको बाटो खुलेको बताउनुभयो ।
कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्राले काग्रेस, कम्युनिष्टबाट देश विकास हुन सक्दैन भन्दै जसपा नेपाल रोजेको बताउनुभयो । जसपाको निति सिद्धान्त राम्रो भएकोले हजारौ कार्यकर्ता सहित प्रवेश गरेको बताउनु भयो ।
सो कार्यक्रममा जसपा नेपाल केन्द्रिउ अनुशासन विभाग प्रमुख नरसिंह चौधरी, केद्रिय सल्लाह प्रमुख तथा केन्द्रिय सदस्य कृष्ण हरी शर्मा, जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, जसपा नेपाल जिल्ला अध्यक्ष शैलेन्द्र यादव लगायतले सम्बोधन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu