Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानीको नव नियुक्त समितिद्धारा सपथ ग्रहण

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु -चन्द्रौटा खानेपानी सस्थाको नव नियुक्त उपभोत्ता समितिले सपथ ग्रहण गरेको छ । यहि चैत ९ गते दमन भाट क्षेत्री(नारायण ) को अध्यक्षतामा निर्वाचित समितिले आज सपथ लिएको हो । समितिको उपाध्यक्ष लक्ष्मि उपाध्य, सचिव कृष्ण प्रसाद अधिकारी, उप सचिव ज्ञान बहादुर बैजालि, कोषध्यक्ष सहेन शाह खाँ, सदस्यहरु रामकुमारी थारु, धनकुमारी सुवेदि, रुद्र कार्किले सपथ लिएका छन । नव नियुक्त समितिलाई निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले सपथ खुवाउनुभएको थियो ।

सपथ ग्रहण लिदै नव नियुक्त अध्यक्ष दमन भाट क्षेत्री (नारायण ) ले सर्व सुलभ र स्वछ खाने पानी वितरण, सस्थाको सुसान, आर्थिक पार्दशितालाई विशेष ख्याल गर्दै सबैसगँ सहकार्य गरी सहि ढंगले अगाडि बढाएर आफनो कार्याकालमा नमुना सस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दमनले अवका दिनमा यस क्षेत्रमा खाने पानी वितरण र सस्थानलाइ उदाहरणि बनाउन विधि र पद्दतिलाई टेकेर काम गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा नर्व नियुक्त समितिलाई बधाई तथा शुभकामना दिदै लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले विगतका दिनमा भएका कमि कम्जोरी लाई सुधार गर्दै स्वछ पनि वितण गर्नमा लाग्न आग्रह गर्नुभयो ।

लामो समय देखि विभिन्न कारण देखाँदै हुन नसकेको अधिवेन बुधबार निर्विरोध रुपमा नयाँ कर्यसमिति चयन भएको हो । कार्यक्रमका अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले नव नियुक्त समितिलाई सपथ ग्रहण र प्रमाण पत्र वितरण गर्दै सफल कार्यकलाको शुभकामना व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu