Connect with us
Kapilvast Forest

कातिक २९ मा ‘सम्हाली राख है’

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं– आरएल मोक्तानको निर्देशन रहेको फिल्म ‘सम्हाली राख है’ २९ कात्र्तिकबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको रिलिज मिति कार्तिक २९ तय भएको निर्देशक आरएल मोक्तानले बताए । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाको स्वर समेटिएको छ ।

निर्देशक आरएल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयवस्तुसँग मिश्रण गरेर सन्देशमूलक प्रस्तुतिका साथ फिल्म निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए । ‘नेपाली फिल्ममा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj