Connect with us
Kapilvast Forest

सरकारले किसानको समस्या समाधान गर्नु पर्छ : महासचिव मिश्र

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

जनता प्रगतिशील पार्टी नेपालका महासचिव ईश्वर दयाल मिश्रले सरकारले किसानको समस्यालाई वेवास्ता गरेको आरोप लगाउनु भएको छ । सरकारले किसानलाई  चकलाबन्दीको व्यावस्था,समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको व्यवस्थापन किसान अन्नदाताले नपाए सम्म देश विकास हुन नसक्ने बताउदै महासचिव मिश्रले बताउनु भयो । जिल्लाको कृष्णनगरमा आयोजित कार्यक्रममा वहाले आफु किसान प्रति पूर्ण रूपमा समर्पित रहको बताउनु भयो  ।  जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी शिव पुजन चौधरीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको छ ।

कार्यक्रम नूर मोहम्मद खान को अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र विशिष्ट अतिथि जनता प्रगतिशील पार्टी का जिला कार्यसमिति सदस्य तस्लीम खान एवं कृष्णानगर नगरअध्यक्ष राकेश यादव तथा अतिथिमा कामेश्वर पांडे , राघवेंद्र पांडे , कमाल खान , अख्तर हुसैन ,वीरेंद्र तिवारी , भगवती पासी, शंभू पांडे लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ अध्यक्षमा शिव पुजन चौधरी, उपाध्यक्षमा अनवर खा, सचिवमा विजय कश्यप, कोषाध्यक्ष मा श्याम प्रसाद रैदास लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको जानकारी गराइएको छ ।

कार्यक्रममा शिक्षाा प्रेमी, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायत सयौको संख्यामा पार्टी समर्थक हरूको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu