Connect with us
Kapilvast Forest

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैन : सञ्चारमन्त्री कार्की

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधीन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको हो ।

समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण भेदभाव नगरी समाजिक सद्भाव कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले धर्मका नाममा कृत्रिमरुपले अनेक किसिमका विवाद सिर्जना गरिए पनि आखिर मानव जातिको एउटै लक्ष्य सुख शान्ति र मृत्युपछि मोक्ष प्राप्ति नै रहेकाले विभेदको औचित्य नभएको बताउनुभयो ।
कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी र काँग्रेसका गाउँस्तरीय सभापति युवराज दाहाललगायतको सहभागिता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu