Connect with us
Kapilvast Forest

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ। भारतको पूर्वी दिल्लीको सक्‍कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका– १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।

शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारपछि हत्या भएको भारतस्थित नेपाली राजदूतबासमा कार्यरत एसएसपी प्रकाश अधिकारले जानकारी दिएका छन्।

भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। बुवा देब चदारा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

बलात्कार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu