Connect with us
Kapilvast Forest

५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ
नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रमतथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन्। पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा उक्त बुँदा समेटिएको छ।

जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ।

त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ।आगामी मंसिरदेखि सुरु गर्ने गरी कार्य विधि तयार गरिने नगरप्रमुख मलासीले बताइन्।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu