हत्यारा प्रेमी १२ वर्षपछि पक्राउ
ब्युरोको टोलीले २७ पुस २०६४ मा ललितपुरको इमाडोल गाविस हालको इमाडोल नगरपालिका–१५ मा मकवानपुरकी २२ वर्षीय तारा भनिने सुनिता लामाको हत्या गर्ने काभ्रेका ३७ वर्षीय लामालाई पक्राउ गरेको हो ।
तत्कालीन इमाडोल गाविस–५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएकाे हाे । याे खबर आजको राजधानी दैनिकले छापेको छ ।