काठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जना एक लाख ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा आचार्यसहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैशी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।