Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दुई मोटरसाइकल सहित अबैध समान बरामद

२०७६, १३ श्रावण सोमबारमा प्रकाशित

  • अर्जुन बेल्बासे,कपिलवस्तु –

कपिलवस्तुको महाराजगंजमा रहेको इलका प्रहरी कार्यालय महाराजगंजले दुई मोटरसाइकल सहित अबैध समान बरामद गरेको छ । इलका प्रहरी कार्यालय महाराजगंजको गष्टी टोलीले आइतवार राती महाराजगंज नगरपालिका वडा नं २ उनवलियामा छिमिकी मुलुक भारतको कोटीयाबाजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल र रु २५ हजारको अबैध समान नियन्त्रणमा लिएको हो ।

प्रहरीले केही दिन पहिले देखी सुरक्षा व्यवस्था कडा बनाई चेकजाच गर्दे आएकोले समान सहित मोटरसाइकल र समान बरामद गरिएको इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायव निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।

प्रहरीले तस्कारहरुले प्रयोग गरेको नेपाली नम्बरको मोटरसाइकल लु २ प ४८५५ र भारतीय मोटरसाइकल नं युपी ५६ यु ७९९३ र समान भन्सार चलान गरिएको बताएको छ । तस्करहरु प्रहरीलाई देखेपछी समान र मोटरसाइकल छोडी भगेपछी खनतलासी गर्दा सुर्ती, गुटखा, तेल लगायका समान बरामद गरिएको प्रहरी नायव निरिक्षक भण्डारीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj