Connect with us
Kapilvast Forest

नख्खु कारागारमा कैदी बन्दी बीच झडप, एककाे मृत्यु

२०७६, १७ श्रावण शुक्रबारमा प्रकाशित

Central-Jail_NewsCenternepal

ललितपुर । नख्खु कारागारमा कैदी-बन्दीबीच झडप हुँदा एककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कैदी पूर्णबहादुर राजी भएकाे प्रहरीकाे भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका कैदी पवनकुमार महतोले अर्का कैदी पूर्णबहादुर राजीलाई इटाले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए । घाइते राजीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

एकआपसका जुम्रा हेरिरहेका दुई कैदीबीच के कारणले यस्तो गम्भीर घटना हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj