गुरुयोजना छिटो गर्न लुम्बिनी विकास कोषलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना छिटो गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभयो ।
शुक्रबार लुम्बिनी विकास बोर्डको बैठक प्रधानमन्त्रीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सार्नु भएको लुम्बिनी गुरुयोजना छिटो सक्न निर्देशन दिनुभएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको ्तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराउनु भएको थियो ।
कोषका संरक्षक समेत रहनु भएका प्रधानमन्त्रीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे ब्रिफिङ गरेको थियो ।
प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।