जनताले फोन गरेर डुब्यौं भन्छन्, के गर्दिने हाम्ले ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभामा मंगलबारको विशेष समयमा सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको स्मरण गराउँदै नागरिकता दिनेलाई पनि कारवाही गर्न माग गर्नुभएको हो । ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन रु’ उहाँले प्रश्न गर्नुभयो, ‘ नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्नेमाथि कारबाही भएको सुन्नमा नआएको छ ।’
सांसद त्रिपाठीले त्यस्ता अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । ‘नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारवाही भयो कि भएन रु उहाँले भन्नुभयो, ‘कति जनामाथि कारवाही भयो । ती आफै कही बजार बाट किनेका नागरिकता होइ न होला । आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारी हरु माथि के के कारवाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौ होला ।’
उहाँले यस बर्ष पनि रासायनिक मल अभाव भन्दै समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उखु किसानहरुले वर्षैदेखि भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘कार्यविधि मन्त्रीपरिषद्ले बनायो कृषि मन्त्रालयले त्यसमा थप कलाकारिता गरेको हुनाले त्यो पैसा सम्पुर्ण जान सकेको छैन’ उहाँले भन्नुभयो, ‘सरकारले उखु किसानलाई प्रति किलो ६५ रुपैया २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । तर कार्यविधिमा रहेको जटिलताका कारण सबै उखु किसानले पाउन सकेका छैनन् ।’
नेपाली कांग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अनुगमनका क्रममा आफु त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था त्यस्तै रहेको भन्दै उचित पुर्नस्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो । उहाँले सरकार ‘सुतेर बसेको’ टिप्पणी गर्नुभयो । लालबकैया र बागमतीको तटबन्ध ठाउँ ठाउँमा भत्किएकाले फेरि खतरा कायमै रहेको भन्दै तटबन्धको उचाई बढाउन सरकारसंग माग गर्नुभयो ।
राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्धका तत्काल कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी प्रभावितको राहत तथा पुनस्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएकोमा आक्रोश पोख्नुभयो । ‘यो कम्युनिष्टको सरकार गरिबको सरकार हो वा पक्का वालाको सरकार हो रु’ उहाँले भन्नुभयो, ‘छाप्रो भएका व्यक्तिहरु सबै गरिब हुन्छ । कम्युनिष्ठ सरकार रहेछ भने त सब भन्दा पहिले छाप्रोलाई हेर्नुपथ्र्यो । तर आजसम्म घर बन्न सकेको छैन । बाढी आयो भने राति जनताले फोन गर्छ हामी डुबानमा पर्यौ । के गरेर बस्या छौ रु के गर्दिने हाम्ले रु’