Connect with us
Kapilvast Forest

‘व्यवहार नसुधार्ने कर्मचारीलाई कारबाही हुन्छ’

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

कान्ति न्यौपाने
काठमाडौं । सरकार जनमुखी र लोकप्रिय हुने आधार हो कर्मचारी संयन्त्र । तर पछिल्लो समय कर्मचारी र सरकारको दूरी बढेको आभाष भएको छ ।

संसदका विभिन्न समितिमा कर्मचारीको व्यवहार नसुध्रिएको विषय मात्र उठेका छैनन्, करारमै सचिवसम्मका कर्मचारी ल्याउने विषयमा छलफल चलेका छन् । कर्मचारीको कार्यशैली चित्तबुझदे नभएको विषय पेचिलो बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न बैठक र छलफलमा कर्मचारीको कार्यशैलीमा असन्तुष्टि जनाइरहनु भएको छ । कार्यसम्पादनमा ढिलाई गर्नेको कर्मचारीको वृत्तिविकास रोकिने र कारबाही हुने समेत चेतावनी दिनु थाल्नु भएको छ मन्त्री पण्डित ।

यसअघि पनि मन्त्री पण्डितले मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा परिणाममुखी काम नगर्ने कर्मचारीलाई दण्डित गरिनेसमेत बताउनु भएको थियो ।

विधेयकमाथिको छलफलमा सांसदहरुले समेत कर्मचारीको कार्यशैलीको आलोचना गरेका थिए । त्यति मात्रै होइन, केही सांसदहरुले त कर्मचारीलाई तालिम दिइएर कार्यसम्पादनमा क्षमता बढाउन जरुरी रहेको बताउनु भएको छ ।

कार्यालयको काम नगर्ने कर्मचारीको पुरानै बानी भन्दै आलोचना भएको छ । लोकप्रिय नभएकामा सरकार, विभिन्न समिति र सांसदहरुको एकमत देखिन्छ र सचिवसमेत करारमा ल्याउन सकिने विकल्पबारे छलफल चलेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu