Connect with us
Kapilvast Forest

एमबीबीएस शुल्क ३१ लाख निर्धारण गरिने

२०७६, २५ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर छापेका छन् । राजधानी दैनिकले ३१ लाखमै एमबीबीएस कोर्सको अध्ययन सकिने भएपनि मेडिकल कलेजले ८० लाख असुलिरहेको खबरलाई शीर्ष समाचार बनाएको छ ।

राजधानी दैनिकले ३१ लाखमै एमबीबीएस कोर्सको अध्ययन सकिने भएपनि मेडिकल कलेजले ८० लाख असुलिरहेको खबरलाई शीर्ष समाचार बनाएको छ । मिनी संसदको रुपमा रहेको संसदको शिक्षा तथा तथा स्वास्थ्य उपसमितिका संयोजक सुरेशकुमार राईका अनुसार १५० सिट क्षमता भएका मेडिकल कलेजहरुले ३० जना अनिवार्य छात्रवृत्ति र २० देखि ३० जना विदेशी विद्यार्थीको शुल्क २८ दखि ३१ लाख रुपैयाँ लिन सकिने बताउनुभएको छ । उहाँले १ हजार ५ सयदेखि २ हजार ५ सय बिरामी सम्बन्धित मेडिकल कलेजको अस्पतालमा आउनुपर्ने पनि जानकारी दिनुभयो । समितिले एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारी थालेको छ ।

कान्तिपुर दैनिकमा रातभर एउटै चालकले चलाएका कारण धादिङमा बस दुर्घटना भएको समाचारलाई प्रथम पृष्ठमा छापेको छ । पत्रिकाले दुर्घटनापछि सकुशल रहेका चालक समिम मियाँ अन्सारीको तस्बिर सहित उनको अनुभव उल्लेख गरेको छ । बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २३ बेपत्ता तथा १६ जना घाइते भएका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले धादिङमा एक वर्षमा १४४ सडक दुर्घटना भएको लेख्दै शुक्रबारको दुर्घटनाबारे मुख्य समाचार बनाएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने सर्लाहीको एकै परिवारका तीनसहित २३ जना बेपत्ता भएका छन् । समाचार अनुसार धादिङ बढी दुर्घटना हुने जिल्लामा पर्छ । एक वर्षमा जिल्लामा १४४ दुर्घटना भएको र ९८ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा १ सय ९१ गम्भीर र २ सय २० जना सामान्य घाइते भएको पत्रिकाले समाचारमा लखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu