Connect with us
Kapilvast Forest

‘अँध्यारो कुनामा बसेर झटारो हान्नुको अर्थ छैन’

२०७६, २५ श्रावण शनिबारमा प्रकाशित

उमा अधिकारी, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्ध पार्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनु भएको छ । अध्यक्ष शुक्रबार पूर्व मन्त्री तथा नेकपाका नेता दीननाथ शर्माले लेख्नुभएको ‘झरीको सौन्दर्य’ निबन्ध संग्रह लोकार्पण गर्दै राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबै दल मिल्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

‘यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प छैन’ उहाँले भन्नुभयो, ‘अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउँछ कि भन्नुको कुनै अर्थ छैन ।’

अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले साहित्यलाई समाज रुपान्तरणको शक्तिशाली औजारको रुपमा चित्रण गर्नुभयो । ‘समाज परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका हुन्छ, साहित्यकारको एउटै शब्दले समाजलाई तरंगित पार्छ’ उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई सफल पार्न, अहिलेको अवस्थासम्म ल्याउनमा पनि थुप्रै साहित्यकारहरुको योगदान छ । ’

नेता नेपालले अबको साहित्य सकारात्मक हुनुपर्ने बताउनु भयो । ‘साहित्यले समस्यालाई मात्र बोध गराउने होइन, सुन्दर भविष्यको परिकल्पना पनि गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकमा सपना ठूलो देखाउने तर काम नगर्ने प्रवृति बढेको बताउनु भयो । ‘सपना ठूलो देखाइन्छ तर काम कति पनि हुँदैन’ उहाँले भन्नुभयो, ‘यस्तो प्रवृत्ति अन्त्य नगरी देश बन्दैन ।’

कार्यक्रममा लेखक शर्माको साथै शमी प्रष्ठिानका अध्यक्ष प्रदिप नेपाल, शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग र डा बेञ्जु शर्मालगायतले समाज रुपान्तरणमा साहित्यकारकाे योगदानबारे चर्चा गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu