स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीको सक्रियता बढ्यो
काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित भएका पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाटलाई तीव्र पारेको विषयलाई समाचार बनाएको छ । समाचार अनुसार, पार्टीभित्रका सांगठनिक समस्या निरूपणका निम्ति प्रधानमन्त्रीको सक्रियता बढेको छ । ओलीले सोमबार नै अक्ष्यक्ष प्रचण्ड र महासचिव पोडेलसँग छलफल गर्नुभएको थियो ।
कान्तिपुर दैनिकले ‘दमकमा मात्रै दर्जन योजना’शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीको गृहनगर दमकमा करिब १ दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा ०७२ मा दमकमा विश्वकै अग्लो बुद्धमूर्ति बनाउने भनी गरेको घोषणा कार्यान्वयन हुन लागेको छ ।
दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनाको डीपीआर तयार भइसकेको छ । १५ अर्बभन्दा बढीको लगानीमा निर्माण गर्न लागिएको बुद्धमूर्तिका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको छ ।’
पत्रिकाले दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको , २ अर्बमा विज्ञापन पार्क, १ अर्ब ३७ करोडका पुल, २९ करोडमा सभागृह, १५ करोडमा पशुपन्छी बजार र १ करोड २५ लाखमा नमूना मार्गसमेत निर्माण हन लागिरहेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले एक वर्षमै साढे ३४ अर्बको सुन आयात शीर्षकमा प्मुख समाचार छापेको छ । १ वर्षभरि आयात भएको सुनको हिसाब निकाल्दै नागरिकले विश्लेषणात्मक समाचार बनाएको छ । समाचारमा समेटिए अनुसार, १ वर्षमा साढे ३४ अर्बको सुन आयात भएको छ ।