मालपोत कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार
भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्यवहार भएको छ । लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशीलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्यवहार गरेका हुन् ।
सेवाग्राहीको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोर्टिङका लागि मालपोत कार्यालय भक्तपुर पुगेका थिए । कार्यालयमा समाचार संकलनको दृश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युटर अधिकृत पोखरेलले दुव्यवहार गरेका हुन् ।
सूचना अधिकृत महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्यवहार गरेका हुन् । उनको दुव्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफिसमेत मागेका थिए ।
कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी रहेका र हिजोदेखि सर्भर डाउन भएपछि सेवाग्राही मर्कामा परेका थिए ।
भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्यवहार भएको छ । लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशीलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्यवहार गरेका हुन् ।
सेवाग्राहीको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोर्टिङका लागि मालपोत कार्यालय भक्तपुर पुगेका थिए । कार्यालयमा समाचार संकलनको दृश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युटर अधिकृत पोखरेलले दुव्यवहार गरेका हुन् ।
सूचना अधिकृत महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्यवहार गरेका हुन् । उनको दुव्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफिसमेत मागेका थिए । कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी रहेका र हिजोदेखि सर्भर डाउन भएपछि सेवाग्राही मर्कामा परेका थिए ।