Connect with us
Kapilvast Forest

नेविसंघका पूर्व उपाध्यक्षद्वारा राहत वितरण

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष पवन यादवको विशेष पहलमा बाढीपीडित मुसहर बस्तीमा राहत वितरण भएको छ ।

‘छ यो नेपाल’ नामक संस्था र ‘ब्रेडस जनकपुर’ नेपालको समन्वयमा बुधबार धनुषा जिल्लाको जरया गाउँमा राहत वितरण गरिएको हो ।

७१ गरिब पिछडिएका एकल महिला मुसहर बस्तीमा राहत वितरण गरिएका पूर्वउपाध्यक्ष यादवले बताए ।

३० किलो चामल, एक थान त्रिपाल, एउटा हात धुने साबुन, एउटा बाल्टिन, एउटा मग, एक किलो नुनलगायतका समाग्री विरतण गरिएको छ ।

छ यो नेपाल नामक संस्थाका कार्यकारी निर्देशक कमल थापाका साथै नेपाली कांग्रेस नगर सभापति मनोज साहको सहजीकरणमा राहत वितरण गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu