Connect with us
Kapilvast Forest

फफुरीमा रक्षाबन्धन विशेष कार्यक्रम सम्पन्न

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

शिवकुमार बेल्बासे , कपिलवस्तु, साउन २९

चन्द्रौटामा रहेको फफुरी इङलिस बोर्डिङ स्कुलमा हिन्दू धर्मावलम्बीले मनाउने पवित्र चाडपर्व रक्षाबन्धको अवसर पारी रक्षाबन्धन विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अौपचारिक रुपमा अाधारभूत तर्फबाट विपिका भुसालले विपिन भुसाल र मा वि तर्फबाट स्मृति थापाले पारस थापालाई रक्षाबन्धन बाँधिदिएर कार्यक्रमको शुभारम्भ गरिएको थियोे ।

कार्यक्रममा कक्षा ९ कि छात्रा अारजु जैसवालले नेपालीमा र कक्षा १० का छात्र धनिराम पालले अङ्ग्रेजीमा रक्षा बन्धनको बारेमा अाफ्ना भनाइ राखेका थिए। उक्त कार्यक्रममा विद्यार्थीले रक्षा बन्धन विशेष गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए। साथै प्रत्येक मङ्गलवार हुने अन्तराष्टिय देशको जानकारी सम्बन्धि कार्यक्रम पनि भएको हो ।

प्रत्येक मङ्गलबार छुट्टाछुट्टै हाउसद्वारा गरिने कार्यक्रम यस पटक करेजियस हाउसले चिनको बारेमा जानकारी दिएको थियोे । सोही हाउसका योगेश उपाध्यायले चिनको बारेमा महत्त्वपूर्ण जानकारी दिएका थिए भने अन्य विद्यार्थीले त्यहाँको बौद्ध संस्कृती झल्काउने नृत्य प्रस्तुत गरेर जानकारी दिएका थिए।विद्यालयले सम्पूर्ण धर्मावलम्बीले मनाउने चाडपर्व विद्यालयमा मिलेर मनाउदा एकअर्कामा सद्भाव,एकता ,मेलमिलाप ,भाइचाराको भावना जगाई धार्मिक सहिष्णुता कायम रहने भन्दै सम्पूर्ण धर्मका चाडपर्वमा कार्यक्रम राख्ने गरेको छ। सम्पूर्ण शिक्षक शिक्षिकाको सहजीकरण रहेको कार्यक्रम शिक्षक सुरज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu