सर्वोच्चमै ढिलाे सुरू हुन्छ इजलास
कान्तिपुर दैनिकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका मुख्य विभागको नेतृत्वसम्बन्धी विवाद टुंग्याएको समाचारलाई शीर्ष समाचार बनाइएको छ । यो संगै लामो समयदेखि पार्टीमा चलेको एकता र समायोजनको गाँठो फुकेको छ । पार्टी एकताको १४ महिनापछि नेकपाले ३२ केन्द्रीय विभागको नेतृत्व टुंग्याउँदै एकतालाई करिब – करिब अन्तिम चरणमा पुर्याएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण विभागको जिम्मेवारी सचिवालयका नेताहरुलाई नै दिएको छ । बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्षमा प्रस्ताव गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ र यसैगरी विदेश विभाग प्रमुख माधव कुमार नेपाल, नीति अनुसन्धान प्रतिष्ठान प्रमुख झलनाथ खनाल, प्रचार विभाग प्रमुख नारायणकाजि श्रेष्ठ , स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, अर्थ तथा योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे चयन हुनुभएको छ ।
राजधानी दैनिकले कर्मचारीको उमेर हद ६० वर्ष पुर्याइएको समाचार छापेको छ । निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा संसदको राज्यव्यवस्था समितिमा सहमति जुटेको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष छ ।