बैंकबाट निकालेकोे ३ लाख पेस्तोल देखाएर लुटियो
कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर धोवीकाे रकम लुटिएको हो ।
धोबी मंंगलबार दिउँसो तौलिहवास्थित वाणिज्य बैंकबाट पैसा निकालेर घर फर्कने क्रममा लुटिएका हुन् । नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको धोवीले बताए । प्रहरीले लुटपाट भएको पुष्टि गरेको छ ।
धोवी साथबाटनागरिकता अन्य कागजात सहित रकम लुटिएको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी भैरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।