Connect with us
Kapilvast Forest

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

बाँके । आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो।

कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गत असार २१ गते बलात्कार भएको थियो। घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसंग चार लाख लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुबै पक्षका १० जनालाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu