मुद्दा मिलाइदिने भन्दै डेढ लाख घुस लिने अदालतका कर्मचारी पक्राउ
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ।
नापी सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको हो।
यादवले घुस मागेको उजुरीपछि अख्तियारले उनीमाथि ‘स्टिङ अप्रेसन’ गरेको थियो।