Connect with us
Kapilvast Forest

चाडपर्वमा अनुगमन तीब्र बनाउन मन्त्रालयको परिपत्र

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

४ भदौ, काठमाडौं । मुख्य चाडपर्वमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तल्ला निकायमा परिपत्र गरेको छ । मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्रमा उपभोक्ता ठगिन नदिन वाणिज्य विभागसँग समन्वयका लागि प्रदेश सरकार, जिल्ला प्रशासन र स्थानीय तहलाई परिपत्र गरेको हो ।

वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार मन्त्रालयको परिपत्रपछि विभागले आवश्यक समन्वय थालिसकेको जानकारी दिए । मन्त्रालयका अनुसार अन्तरमन्त्रालय समन्वय गर्दै अत्यावश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउन, मूल्यको सूचना संकलन गर्न, आवतजावत सहज बनाउन र प्रभावकारी बजार अनुगमन संयन्त्र बनाउन परिपत्रमा भनिएको छ ।

ताजा तरकारी तथा फलफूल, मासुजन्य पदार्थ, प्रमुख खाद्य वस्तु, खानेपानी, ग्यास र औषधि जस्ता वस्तुको बजारमा उपलब्धता र मूल्यका विषयमा अनुगमन कडा पार्न निर्देशन गरिएको छ । उपभोग्य वस्तु बोकेका सवारी साधनको अन्तरप्रदेश आवतजावतमा आउने सम्भावित अवरोध नियन्त्रण गर्ने विभागले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी एवं दुग्ध विकास संस्थानमार्फत काठमाडौं उपत्याकासहित देशैभर प्रदेश सरकार, जिल्ला प्रशासन तथा स्थानीय तहले सुपथ मूल्य पसल चलाउने, काठमाडौंमा सहुलियत खसी, बोका, च्याङ्ग्रा बिक्री गर्ने योजना पनि छन् ।मन्त्रालयले गरेको परिपत्रलगत्तै जिल्ला प्रशासन कार्यालयहरु तथा महानगर र नगरपालिकाबाट समन्वयका लागि सम्पर्क सुरु भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu