Connect with us
Kapilvast Forest

विश्कै महँगा मोबाइल, मूल्य सुन्दा पर्नुहुन्छ चकित

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । अहिलेको समयमा धेरै महँगा मोबाइल फोनहरु बजारमा आइरहेको बेलामा विश्वकै महँगो फोनाहरुको लिस्ट सार्बजनिक भएको छ । मानिसहरु धेरै महँगो मोबाइल आफ्नो सौखको लागि प्रयोग गर्ने गर्छन् । पछिल्लो समय मोबाइल व्यक्तित्वमा निखार ल्याने वस्तुको रुपमा पनि लिन थालिएको छ ।

यी हुन् विश्वका महँगा मोबाइल फोनहरुः

वेर्टू सिग्नेचर डायमन्ड : वेर्टू एक लग्जरी फोन कम्पनि रहेको छ। यस कम्पनि महँगो मोबाइलहरु बनाउने गर्छ। वेर्टूको यस फोन प्लेटिनमबाट बनेको छ। यस फोनको मुल्य अन्तराष्ट्रिय बजारमा ८८००० अमेरिकन डलर रहेको छ। यस कम्पनीमा हरेक फोनहरु हातलेनै बनाउने गरिन्छ।

आईफोन प्रिन्सेस प्लस : यस फोन एप्पल कम्पनिले दिजैना गरेको हो भने यस मोबाइल सुन र १८० हिरा जडित गरेर बनाइएको छ। यस फोनको मूल्य अन्तराष्ट्रिय बजारमा १७६,५०० अमेरिकन डलर पर्ने गर्छ।

गोल्डविश ले मिलियन : यस फोन इम्मानुएल गुएतले डिजाइन गरेका हुन्। उनले डिजाइन गरेको यस मोबाइलको मूल्य अन्तराष्ट्रिय बजारमा १३ लाख अमेरिकन डलर पर्ने गर्छ। इम्मानुएलले यस फोन गिनीज वर्ल्ड बुकमा सामेल गराउन सफल भैसकेका छन्।

सुप्रीम गोल्डस्त्रिकर आईफोन ३G : यस फोनमा २७१ ग्राम सुन प्रयोग भएको छ भने विभिन्न ५१ हिरा जडित समेत गरिएको छ। यसको होम बटनमा पनि हिरा प्रयोग गरिएको छ। यस मोबाइलको मूल्य अन्तराष्ट्रिय बजारमा ३२ लाख अमेरिकन डलर पर्ने गर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu