Connect with us
Kapilvast Forest

श्रीमानलाई नै बलात्कारको आराेप लगाएपछि…

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

भक्तपुर । श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफू बिरामी हुँदा पनि श्रीमानले बलात्कार गर्ने गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरीपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो।

१० वर्ष अघि विवाह भएको यो दम्पतीको आठ वर्षीय एक छोरा रहेको पोखरेलले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu