कृष्णनगरमा ८० युनिट रगत संकलन
कपिलवस्तु भद्रा ६,
शसस्त्र प्रहरी बल सिकम सुरक्षा क्यम्प कृष्णनगर कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८० युनिट रगत संकलन भएको छ । सशस्त्र प्रहरी ऐन २०५८ लाई लाल मोहर लगाएको दिनको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले रक्तदान जीवन दान बराबर रहेको र कपिलवस्तु जिल्लामा ब्लड बैंक नरहेको अवस्थामा निकै असहज रहेको साथै ब्लड अवश्यक परेका व्यक्तिहरु बाहिर जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाले कपिलवस्तु जिल्लामा नै ब्लड बैंक स्थापना गर्नु पर्ने कुरामा जोड दिदै आफूबाट हुनसक्ने हरेक यस सम्बन्धि प्रयास गर्न तैयार रहेको बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मूख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ.कुमार न्यौपाने, स.प्र.ब.नेपाल नं. २८ का सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी, कृष्णनगर भन्सार कार्यलय प्रमुख, आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,विजयनगर गाउपालिका प्रमुख,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख,ईलाका प्रहरी कार्यलय गणेशपुर प्रमुख,लायन्स क्लब आफ कृष्णनगर अध्यक्ष ,अशोका कर्ण,लायन्स क्लबका जिल्ला सल्लाहकार लायन्स दिनेश चन्द्र गुप्ता, सचिव अनिल कुमार मोदनवाल,उपाध्यक्ष सनाउल्ला खान,लायन्स क्लब आफ चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, रेडक्रासका प्रतिनिधी,के.आई.नेपाल कृष्णनगर प्रमुख,लगायत पत्रकार समाजसेवीहरु उपस्थित रहेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तु, सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा.(रा.तथा भ.ग.सु) कृष्णनगर कपिलवस्तु र लायन्स क्लब आफ कृष्णनगरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिएका छन्