सञ्चारमन्त्री बासकोटा भोली आर्घाखाची आउदै
सनिउल्ला धोबी, कपिलवस्तु,भद्रा ६
सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बासकोटा भोली आर्घाखाची आउनु हुने भएको छ । अर्घाखांचीको ठाडामा रहेको रेडियो सितगंगा १०७.९ मेगाहर्जको औपचारिक उदघाटनको लागी मन्त्री वास्कोटा आउन लाग्नुभएको स्टेशन म्यानेजर अराज सिंह वेल्वासेले जानकारी दिनुभयो । मन्त्री वास्कोटाले ठाडामा रेडियो उदघाटन संगै पत्रकार भेटघाट कार्यक्रममा सरिक हुने वेल्वासेले वताउनुभयो ।