Connect with us
Kapilvast Forest

प्रचण्डको अध्यक्षतामा बसेको बैठकको पहिलो निर्णय : नेकपामा नेताबारे सार्वजनिक टिप्पणी गर्न नपाइने

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले अव आफ्ना नेता तथा कार्यकर्ताका बारेमा टिप्पणी गर्न नपाउने भएका छन् ।

एकताको १५ महिनामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता कार्यकर्ताले पार्टी नेताका बारे व्यक्तिगत टिप्पणी गर्नु परे प्रक्रियागत ढंगले पार्टीभित्रै राख्नुपर्ने निर्णय गरेको जानकारी दिए।

माधव नेपालको बरिएता घटुवा गरेपछि माधव नेपालले राखेको फरक मतका विषयमा केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतमले फेसबुक स्ट्याटस लेख्दै तल्लोस्तरको आलोचना गरेका थिए । त्यसलाई लिएर अध्यक्ष ओली र नेपालबीच अघिल्लो बैठकमा भनाभन समेत भएको थियो। ओलीले गौतमलाई कारवाही गर्नुको सट्टा उनको बचाउ गरेपछि नेता नेपाल क्रुद्ध बनेका थिए।

त्यसयता पनि पूर्वएमाले र पूर्वमाओवादी तर्फका केन्द्रीय सदस्यहरुबीच सामाजिक सञ्जालमै बाझाबाझ चलिरहे्को छ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकको निर्णय पछि अव नेकपाका नेता कार्यकर्ता सार्वजनिक ठाउँमा पार्टीका नेता-कार्यकर्ता विरुद्ध आरोप-प्रत्यारोप गरे कारवाहीको भागिदार बन्नेछन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu