Connect with us
Kapilvast Forest

छ करोडमा बनेको कोल्डस्टोर प्रयोगविहीन

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

इलाम । इलाम कृर्षि उत्पादनको लागि उर्वर मानिन्छ । जिल्लामा उत्पात्पादित तरकारी तथा फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट ल्याउनु पर्दैन । उत्पादित तरकारी तथा फलफूल जिल्लामै उपभोग गर्ने उदेश्यले शितभण्डार (कोल्डस्टोर) निर्माण गरिएको छ ।

इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा ८ वर्षअघि २ हजार टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो । कोल्डस्टोर निर्माणको लागि दूतावासले ६ करोड रुपैयाँ सहयोग गरेको थियो । कोल्डस्टोर) निर्माण भएर सञ्चालनमा नआउँदा उत्पादित तरकारी तथा फलफूल बिग्रिने गरेको छ । तर बासिन्दा भने आयातित फलफूल तथा तरकारी उपभोग गर्न बाध्य छन् ।

इलाममा किवीसहित विभिन्न किसिमका फलफूल .र तरकारी उत्पादन हुने गरेको छ । कोल्डस्टोर निर्माणपछि २ उद्घाटन भइसकेको छ । तर अहिलेसम्म प्रयोगविहीन अवस्थामै छ । कोल्डस्टोर संचालन नभए पनि नगरपालिकाले विद्युत महशुल्क वापत मासिक १५ हजार रुपैयाँ तिर्दै आएको छ । कोल्डस्टोर रेखदेखका लागि १ कर्मचारी खटिएका छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह कोल्ड स्टोर एकपल्टमा एकैप्रकारका उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को संचालन गर्न समस्या भएको बताउनुहुन्छ । ‘विभिन्न प्रकारका फलफूल तथा सरकारी राख्न मल्टिच्याम्बर’ बनाउनुपर्ने प्रशासकीय अधिकृत शाहको भनाई छ । ‘सिंगल च्याम्बर भए पनि सिजन अनुसारका फलफूल तथा तरकारी मिलाएर अलिअलि त राख्न मिल्थ्यो होला’ उहाँले भन्नुभयो, ‘तर किसानले राख्ने आँट गरेनन, बिग्रिन्छ कि भनेर डराए ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu