Connect with us
Kapilvast Forest

फरार पाँच जना पक्राउ

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

काभ्रे । अदालतबाट सजाय तोकिएर कैद भुक्तान गर्न बाँकी रहेका काभ्रेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले जिल्ला अदालत, काभ्रे र महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ ।

पक्राउ पर्नेहरूमा जबर्जस्ती करणी अभियोग लागेका मण्डन देउपुरका ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका वडा नं. १ का वर्ष ५९ का बेतमान तामाङ छन् । उनीहरूलाई ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेका ३१ वर्षीय कुमार तामाङ पनि छन् । उनलाई चोरी मुद्दामा ४ महिना ८ दिन कैद र ७८ हजार ९ सय जरिवाना तोकिएको थियो ।त्यसैगरी प्रहरीले कुटपिट मुद्दामा रोसी–८ की ४५ बर्षीय सुन्दरी तामाङ र होसिला तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई लाई १६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu