Connect with us
Kapilvast Forest

संविधान दिवसकाे दिन सार्वजनिक बिदा

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिइएको बताउनुभएकाे छ ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उहाँले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताउनुभयो ।बास्काेटाले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

घुमघाम तथा मनोरञ्जन गर्न बिदा दिएको नभइ राष्ट्रिय दिवस मनाउनका लागि बिदा दिएको मन्त्री बास्कोटाको भनाइ थियो ।संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमको नमुना सुझाउन बास्काेटाले सरोकारवालालाई आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu