Connect with us
Kapilvast Forest

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रिको चेतावनी

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा

 

काठमाडौं । अर्थमन्त्रि युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई सचेत गराउनु भएको छ । राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराउनु भएको हो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलबाड भएको बताउनु भएको हो । बैंकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिनु भयो । बैंक स्वायत्त संस्था भएकाले जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थमन्त्रीले आग्रह गर्नुभयो । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा अर्थमन्त्रि खतिवडाले प्रदेश १ मा २, प्रदेश २ मा ५, प्रदेश ३ मा २, गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा १ वटा बाणिज्य बैंकका शाखाहरुको उद्घाटन गर्नु भएको छ । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu