व्यापार संघद्धारा कपडा वैंक स्थापना
- कृष्ण गैरे ,भाद्र १२ कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा कपडा वैंक स्थापना भएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटाको चेम्वर चोकमा कपडा वैंक स्थापना गरेको हो । प्रयोगमा नआएका पुराना तथा नंया कपडाहरु संकलन गर्न भन्दै विहीवार एक समारोहको विच वैंकको उदघाटन गरिएको संघले जनाएको छ ।
कपडाको अभावमा जिवनयापन गरिरहेका विपन्न परिवारलाई सहयोग पुगोस भन्ने उदेश्यले चन्द्रौटावा सेवा प्रारम्भ गरिएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले वताउनुभएको छ । अध्यक्ष पोखरेलले घरमा राखिएका पुराना तथा नंया कपडा वैंक जम्मा गरिदिन समेत अनुरोध गर्नुभएको छ ।
कपडा वैंकको स्थापनाले आर्थिक अवश्था कम्जोर भएका परिवारलाई राहत पुग्ने प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विश्वास व्यतm गर्नुभएको छ । उहांले देशका ठुला ठुला सहरमा स्थापना गरिएका कपडा बैंकवाट धेरैलाई राहत पुगेको भन्दै घरमा भएका प्रयोगमा नआएका सफा कपडाहरु बैंकमा जम्मा गरि सामाजीक उतरदायित्व निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
यस्तै महराजगंज नगरपालिकाका नगर प्रमुख अव्दुल कलामले संघको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रभाव भएको वताउनुभएको छ । मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु खतिवडाले व्यापार संघको कार्यप्रति प्रसंशा व्यतm गर्नुभएको छ ।
कार्यक्रम संघका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता प्रदेश सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यता , महराजगंज नगरपालीकाका नगरप्रमुख अव्दुल कलाम खानको विशिष्ट आतिथ्यता र संघका उपाध्यक्ष अर्जुन सापकोटाको स्वागत र सचिव गोपाल वन्जाडेको संचालनमा सम्पन्न भएको हो ।