शिवराज कृषि सहकारी द्धारा तिज विशेष कार्यक्रम सम्पन्न ।।
नवराज पौडेल कपिलवस्तु
भदौ १२ गते
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ स्थित खरेन्द्ररपुर मा रहेको शिवराज कृषि सहकारी संस्था लिमिटेडले विहिबार एक कार्यक्रम का विच तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका वर्ड न–३, खरेन्द्रपुर स्थित सुपा देउराली मन्दिरमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले हरेक वर्ष जस्तै हिन्दु नारीकोहरुको महान चाड तिजको पावन अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
तिज विशेष तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष केरसिङ अदैले सहकारीले विगत ३/४ वर्षको अवधिमा निकै राम्रो फड्को मारेको बताउनुभयो । अदैले शिवराज नगरपालिका भित्र नै कृषि क्षेत्रमा अगाडी रहेको जिकीर गर्दै स्थानिय स्तरमा कृषि क्षेत्रमा युवाहरुलाई लाग्न उत्प्रेरित गरि रोजगारीका अवसरहरु सिर्जना गरेको दावी गर्नुभयो । साथै तिजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नारीहरुलाई कार्यक्रम मार्फत शुभकामना समेत दिनु भएको छ ।
यसैगरी शिवराज कृषि सहकारीमा हाल सम्म १ सय ५७ जना शेयर सदस्यहरु रहेको बताउँदै सबैको साथ निकै नै उल्लेखनिय रहेकोले छोटो समयमा कृषकहरुको मन जित्ना सफल भएको सचिव नारायण खनालले बताउनुभयो ।
साथै हाल सालै प्रदेश सरकारबाट थ्रेसर र घाँस काट्ने मेसिन (चापाकट्र मेसिन) अनुदान पाएकोले कृषिमा थप ऊर्जा थपिएको र अगामी समयमा थप अनुदान स्थानिय सरकारबाट पनि प्रदान हुने आशा गर्दै कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गरिदिन सरकारलाई आग्रह समेत शिवराज कृषि सहकारीले गरेको छ ।