Connect with us
Kapilvast Forest

पूर्वसांसद गुप्तालाई १० वर्ष कैद

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटनले पूर्वसांसद श्यामसुन्दर गुप्तालाई कैदको फैसला सुनाएको छ । अदालतले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसदलगायत ५ जना विरुद्ध १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।

न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जितबहादुर गोले भनिने विकास लामा, अमीर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर्याएको हो ।

सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामे जेलमुक्त भएका थिए । उनको ३ वर्ष ६ महिना कैद सजाय मिनाहा भएको हो । २०६८ माघमा व्यापारी पवनकुमार संघाई अपहरणका मुख्य योजनाकार गुप्ता फिरौतीबाफत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन् । कान्तिपुरले समाचार छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu